काठमाण्डौ , कार्तिक ९ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले अख्तियार प्रमुखबाट अख्तियारकै दुरुपयोग हुनु अस्वाभाविक कुरा भएको बताउनु भएको छ ।
आजको संसदमा बोल्दै सांसद अधिकारीले अख्तियार प्रमुख लोकमानसिं कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि सबै दलहरु एक भएर महाअभियोग प्रस्तावमाथि फैसला गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले महाअभियोग प्रस्ताव अनियमितता, खराब आचारण विरुद्धको भएकाले सत्तापक्ष र प्रतिपक्षी सबै एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाले भन्नुभयो , ’ यो सबैको साझा प्रस्ताव हो । यसलाई सत्ता समीकरणसँग जोड्नु हुँदैन । ’
अख्तियारले पोखरा विश्वविद्यालय लगायतलाई संस्थाका अधिकारीमाथि राम्रो गरी छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्नुभन्दा संस्था नै सिध्याउने गरी अघि बढेको उल्लेख पनि उल्लेख गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline