महअभियोगबारे निर्णय गर्न हतारो छैन : पररष्ट्रमन्त्री

महअभियोगबारे निर्णय गर्न हतारो छैन : पररष्ट्रमन्त्री

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,९ कार्तिक ।
परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय गर्न आफूहरुलाई हतारो नरहेको बताउनु भएको छ ।

समय आएपछि त्यस सम्बन्धमा कांग्रेसले निर्णय लिने बताउनु भएपनि उहाँले प्रस्तावको पक्षमा निर्णय आउँछ कि विपक्षमा भन्ने विषय भने खलाउनु भएन ।

नुवाकोट काठमाडौं पत्रकार समाजले दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा आज राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले कार्कीका सम्बन्धमा निर्णय गर्ने दिन आइनसकेको बताउनु भयो ।

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उहाले तर्क गर्नुभयो । डा. महतले महाअभियोगको विषयले संविधान कार्यान्यवन जस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने धारणा समेत राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ