काठमाडौ ८ कार्तिक ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक पनि आज बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा केहिबेरपछि बस्ने बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल जारी रहने जनाएको छ ।
आजको बैठकमा पनि बोल्न बाँकी रहेका थप केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने नेताहरुले बताएका छन् । यसअघि बोल्ने अधिकांश सदस्यहरुले कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा पार्टीले निर्णय गर्नु पर्ने बताए पनि केहि नेताहरुले भने कार्कीलाई बचाउनु पर्ने धारणा राखेका थिए ।
सोतका अनुसार कांग्रेसले आजको बैटकमा पनि महाअभियोग प्रस्तावबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक नगर्ने रणनीति बनाएको छ । कार्कीको स्पष्टिकरण पछि मात्र का्रग्रेसले सो प्रस्तावमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।