काठमान्डौ कात्तिक ९ ।
व्यवस्थापिका संसद बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने कार्यसुचि तय भएको छ ।
आजको बैठकमा नेकपा माओवादीका सांसद महेन्द्र बहादुर शाहीले कार्की विरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । सो प्रस्तावमाथि एमाले प्रमुख सचेतक भानुभक्त ढकाल सहित अन्य समर्थकहरुले आफ्ना धारणा राख्ने छन् ।
संसदमा हाल कायम ५ सय ९५ सदस्य मध्य बोल्न चाहाने सबैले आफना धारणा राख्न पाउने भएकाले प्रस्ताव माथिको छलफल लम्बिने सम्भावना रहेको छ। महाअभियोग प्रस्ताव माथि कति सयम छलफल गर्ने भन्नेबारे संसद सचिवालले समय निर्धारण गरेको छैन ।
सो प्रस्ताव संसदमा छलफल भए पछि थप अनुसन्धानका लािग सिफारिस समितिमा पठाइने छ । समितिले कार्यप्रारम्भ भएको तीन दिन पछि संसदमा अनुसन्धान प्रतिवेदन पठाउने छ ।
महाअभियोगको प्रस्तावको पक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहमति जनाइसकेका छन् । तर सत्तारुढ दल नेपाली कांग्रेसले भने प्रस्तावका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन । यस्तै अन्य केही साना दलहरु पनि महाअभियोगको प्रस्तावको पक्षमा रहेका छन् ।