काठमाडौ ९ कार्तिक ।
चितवानको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा आज हिमालयन शेर्पा र नेपाल आर्मी भिड्ने छन् ।
खेल नारायणगढस्थित क्याम्पचौर मैदानमा दिउँसो साढे दुई बजेपछि सुरु हुनेछ । आर्मी बाइ पाएर क्वाटरफाइनल प्रवेश गरेको हो भने हिमालयन शेर्पा वाइज युनियनलाई हराउदै अन्तिम आठमा पुगेको हो ।
यसअघि हिजो भएको दोस्रो क्वाटरफाइनल खेलमा घरेलु टोली चितवन ११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आगामी कार्तिक १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख पचास हजार नगद हात पार्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline