लागु औषध तस्करी सम्बन्धि मुद्धाका मुख्य योजनाकार संघाई धरौटीमा छुटे, भारी बोक्ने जेलमै

लागु औषध तस्करी सम्बन्धि मुद्धाका मुख्य योजनाकार संघाई धरौटीमा छुटे, भारी बोक्ने जेलमै

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक ८ काठमाण्डौं । २०७० साल देखि ७३ साल सम्म औषधी बनाउने बहानामा लागु औषध बनाउन प्रयोग हुने स्युडोईफ्रिनिड भित्र्याएको अभियोगमा जेलमा रहेका संघाई समुहका मुख्य योजनाकार मध्य एक रतनलाल धरौटीमा रिहा भएका छन् । पवन संघाई सहित ४ जना फरार रहेका छन् ।
रतनलाई सोमबार जिल्ला अदालत ललितपुरले थुनछेक बहस सकिए पछि १२ लाख धरौटी लिएर सघाईलाई छोड्ने आदेश दिएको हो ।
तर उनीसगै पक्राउ परेका सहयोगी दिलिप पण्डित, मोहित हलार र भरीया बद्री प्रसाद वन र श्याम प्रसाद मोक्तानलाई कारागारमै राख्ने आदेश अदालतले दिएको छ ।
आर्य फर्माको नाममा ल्याएको सो लागु ओषध चीन र भारततिर तस्करी गर्ने गरेका थिए । उनीहरुले तीन वर्षमा एक अर्ब १९ करोडको लागु औषध बनाउने स्युडोईफ्रिनिड ल्याएका थिए । पवन सहितका फरार अभियुक्तहरु भारतमा भएको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ