काठमाण्डौ ८ कार्तिक । संसदमा महाअभियोग प्रस्ताव पेश भए पछि शुरु भएको केन्द्रीय समितिको बैठकबाट काग्रेसले अझै पनि महाअभियोगको पक्षमा उभिने या विपक्षमा उभिने भन्ने निर्णय गर्न सकेको छैन ।
आज दिनभर बसेको केन्द्रीय समितिको बैठक पनि भोली सम्मका लागि स्थगित भएको छ । बैठक भोली बिहान पुनःबस्ने छ ।आजको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले संविधानको व्यवस्था अनुसार महाअभियोग प्रस्ताव गरिएका कार्कीले सफाई पेश गरेपछि मात्रै पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् ।
आज बोल्ने डेढ दर्जन केन्द्रीय सदस्यहरुले लोकमानको पक्षमा खुलेर नवोले पनि झन्झटिलो प्रकृया देखाएर निर्णय छिटो गर्न नहुने तर्क गरेका थिए । गत बुधबार एमाले र माओवादीका १५७ जना सांसदहरुले संसदमा कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline