एन्फाको अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ निर्वाचीत

एन्फाको अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ निर्वाचीत

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ८ कार्तिक । अखिल नेपाल फुटवल संघ एन्फामा रिक्त रहेको अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ निर्वाचीत भएका छन् ।

आज भएको १५ औं एन्फाको साधारण सभाले एकवर्षका लागि अध्यक्षमा श्रेष्ठलाई निर्वाचीत गरेको हो । प्रतिद्धन्दी कर्मा छिरिङ शेर्पालाई ५ मतले हराउदै श्रेष्ठ निर्वाचीत भएका हुन् । उनले ३६ मत प्राप्त गरेका थिए भने शेर्पाले ३१ मत ल्याए ।

यसै गरी उपाध्यक्षमा पनि श्रेष्ठ प्यानलबाटै मणि  कुवर निर्वाचीत भएका छन् । कुवरले ३४ र उनका प्रतिद्धन्दी दिपक खातीले २५ मत प्राप्त गरेका थिए । तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै १० वर्षका लागि प्रतिवन्ध लगाएको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएका कारण यी दुई पदमा एकवर्षे कार्यकालका लागि निर्वाचन भएको हो ।
यस अघि कार्की वानक्वेट बबरमहलमा साधारण सभाको उद्घाटन खेलकुद मन्त्री दलजीत श्रीपाईलीले गर्नु भएको थियो ।
झापा बाहेकका ४४ जिल्ला फुटबल संघ, १२ वटा ए डिभिजन क्लबबाट एकएक जना, बी डिभिजनका क्लवबाट ४ जना, सी डिभिजनबाट तीनजना, महिला फुटबल संघ, रेफ्रि संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट एक एक जना गरी ६७ जना प्रतिनिधिले मतदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी