काठमाडौं, कात्तिक ८ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनलाई जग्गा लिलामि प्रक्रिया रोक्न निर्देशन दिदै ४० करोड दिने आश्वासन दिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री दाहालले शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई साझाको केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिनुभएको हो ।
ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेको छ । साझाले बैंकलाई तिर्नुपर्ने ७ करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेको हो ।
सरकारले २० करोड ऋण र २० करोड अनुदान दिने आश्वासन दिदै रकम निकासाका लागी दिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ ।
छलफलमा शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थिति रहेको थियो ।
छलफल पछि शिक्षामन्त्री पौडेलले साझा प्रकाशन बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउनु भएके छ ।