नेपालः भारत र चीनको धुवा मुनि बस्न बाध्य !

नेपालः भारत र चीनको धुवा मुनि बस्न बाध्य !

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी कार्तिक ८ । नेपाल आफू भन्दा २२ गुणा ठूलो भारत र ६५ गुणा ठूलो चीनको बीचमा छ । संयोगबस दुवै छिमेकी मुलुक तीव्र आर्थिक विकास र औद्योगिकिकरणको प्रकृयामा छन् । प्रविधि र उद्योगको विकासले उनीहरुलाई भिन्दै अवस्थामा लैजादै छ ।
तर नेपाल विकासका दृष्टिले भएका उद्योग समेत समाप्त पारेर उपभोक्ताको रुपमा मात्र उभिदैछ । हामी सगरमाथा सहितको हिमाली रेखा र प्रकृतिको अथाह सुन्दर ठाउमा छौं । तर हाम्रो यो सुन्दर प्रकृति भारत र चीनको औद्योगिक विकासले उत्पन्न गरेको कार्बन शीरमा राखेर उभिन बाध्य भएको छ ।

भर्खरै अमेरीकी एष्ट्रोनेट स्कट कोलीले भारत र चीनको आकाशमा अन्तरीक्षबाट हेर्दा घना प्रदुषण देखिएको बताएका छन् । ईन्टरनेस्नल स्पेस स्टेसनमा एक वर्ष विताएर आएका कोलीले गत शुक्रबार अमेरीकी राष्ट्रपति बाराक ओबामालाई भेटेर यो प्रदुषणको विषयमा अवगत गराएका थिए र पछि पत्रकार सम्मेलनमा उनले चीन र भारतमा ठूलो आवादी रहेको र त्याहाको वायुमण्डल निकै प्रदुषित र हैरानी दिने खालको भएको बताए ।
चीन र भारतमा वातावरण प्रति नकारात्मक असर पार्ने गतिविधि धेरै हुने गरेको उनको तर्क छ । यो धुवाले चीन र भारतको सबै जसो आकाश ढाकेको उनले बताए । जस अनुसार हेर्दा नेपाली वायुमण्डलमा समेत भारत र चीनको धुवाको प्रभाव स्वतः परेको देखिन्छ ।

badal

नेपालका वातावरण विदहरुले विश्वव्यापी रुपमै वातावरणमा औद्योगिक क्षेत्रबाट निस्कने कार्बन उत्सर्जनको प्रभाव पर्ने भएकाले नेपाल त्यसबाट अछुतो रहन नसक्ने बताएका छन् । यसरी हेर्दा नेपालको आकास समेत भारतीय र चीनीया प्रदुषणको प्रभावमा परेको देखिन्छ । हामी आफै औद्योगिक राष्ट्र बन्न सकेका छैनौ तर त्यस्ता राष्ट्रहरुले उत्पादन गरीरहेका कार्बन उत्सर्जनको उपभोग गर्न बाध्य भईरहेका छौं ।

house-in-china
अन्तराष्ट्रिय स्पेस स्टेसनले १६ पटक पृथ्वीको चक्कर लगाउछ
अन्तराष्ट्रिय स्पेस स्टेसनले प्रत्यक ९० मिनेटमा पृथ्वीलाई एक फन्को लगाउछ । यसले दिनभरीमा करीब १६ पल्ट पृथ्वीको चारै दिशामा घुम्दछ । सन् १९९८ देखि यसलाई अन्तरीक्षमा राखिएको हो । जसले पृथ्वीको विभिन्न कुराहरुको परीक्षण गर्दछ ।
अमेरीका, रुस, बेलायत, जापान र क्यानडाले सयुक्त रुपमा यो स्टेसन बनाएका हुन् । सन् २०२० सम्ममा यो स्टेसन बन्द गर्ने अमेरीकाले घोषणा गरेको छ ।

industry

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी