तनहुँ ,८ कार्तिक ।
एमाले सचिव योगेश भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पक्षमा लागे नेपाली काग्रेसको राजनिति धरापमा पर्ने बताउनु भएको छ ।
दमौलीमा आज आयोजित एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले लोकमानको पक्षमा लागे काग्रेसको राजनिति नै समाप्त हुने बताउनु भयो ।
काँग्रेसले महाअभियोगको पक्षमा निर्णय लिने संकेत गरेको जानकारी आइसकेपनि निर्णय नभएसम्म आग्रह गरिरहने उहाले बताउनु भयो ।
अख्तियार प्रमुख कार्कीलाइ महाअभियोग पारित हुनुअघि राजिनामा दिन सुझाव दिदै उहाले कार्कीमाथि अख्तियारले पनि छानविन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले भन्नुभयो , ‘कार्कीले ३ बर्षमा भ्रष्टहरुको संगत गरेर उन्मुक्ति दिने काम गरेकाले त्यसको छानविन हुन जरुरी छ ।
कानून भन्दामाथि कोही छैन भन्ने देखाएमात्र गणतन्त्रको मर्म जनताले अनुभव गर्न सक्ने धारणा राख्दै उहाले अदालतको मानहानि लगायतका बिषयमा सजाय हुनपर्ने बताउनु भयो ।