कॉग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

कॉग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा केहिबेरपछि बस्ने बैठकले अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे आधिकारिक धारणा तय गर्ने जनाएको छ ।

प्रतिपक्षी दल नेकपा एमाले र सत्ता नेतृतवकर्ता दल नेकपा माओवादी केन्द्रले महाअभियोगलाई समर्थन गर्ने आधिकारिक निर्णय गरिसकेको अवस्थामा कांग्रेसको धारणालाई महत्वका साथ हेरिएको छ ।

यसअघि दुई दिन चलेको बैठकमा २५ जना केन्द्रिय सदस्यले धारणा राखेका थिए । बैठकमा बोल्ने सदस्यहरुले संसदको सबैभन्दा ठूलो दल र सत्तारुढ दललाई थाहै नदिई प्रस्ताव आएको भन्दै असन्तुष्टी जनाएका थिए ।

आजको बैठकमा बोल्न बाँकी रहेका थप सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने नेताहरुले बताएका छन् । बैैठकमा संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ