माओ भन्दा शक्तिशाली बन्दै सि जिन पिङ !

माओ भन्दा शक्तिशाली बन्दै सि जिन पिङ !

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

एजेन्सीको सहयोगमा । साहित्यमा अति रुची राख्ने अहिलेका राष्ट्रपति सि जिन पिङ १५ वर्षको उमेर सम्म पनि हिमाली क्षेत्रमा भारी बोक्ने र श्रम गर्ने कार्य गर्ने गर्दथे । जुन समयमा पनि उनले चीनीया तथा पश्चिमा देशहरुको साहित्यको लामो अध्ययन गरे । विस्तारै कम्युनिष्ट पार्टी राजनीतिमा लागेर उदाउदै गर्दा आज उनलाई विश्वका शक्तिशाली नेता त छदैछ । देशमै पनि माओ पछि अब अहिलेको जेनेरेसन र परिवर्तनमा अब नया युग रच्न सक्ने उदीयमान र शक्तिशाली नेताको रुपमा हेर्न थालिएको छ । र स्वयं राष्ट्रपति सि त्यसको तयारीमा लागेका छन् ।

पार्टी सबल बनाउने र नेतृत्व स्थापित गर्ने
सि ले पहिलो पटक पार्टीको बैठक शहरभन्दा केही टाढा रहेको होटलमा राख्दै छन् । उनले पटक पटक आफैले जोड दिएको माओले चलाएको लम्बे अभियानको स्पीरीटको कुरासगै उनका नीतिहरुमा बदलावको संकेत देखिएको छ । जसलाई माओसग‘ तुलना गरिएको छ तर भिन्न परिस्थिति र दायित्वका सन्दर्भमा ।
बेइजिङः चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओ त्से–तुङ भन्दा शक्तिशाली बन्ने तयारीमा जुटेको टिप्पणी शुरु भएको छ । सोमवारदेखि चीनको राजाधानी बेइजिङमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको बैंठकले विश्व आर्थिक क्रान्तिमा इतिहासकै नयाँ लहर ल्याउने योजना बनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी जिनपिङ आफ्नो योजना र नीतिअनुसार चिनियाँ कम्प्युनिष्ट पार्टीलाई विश्वकै शक्तिशाली पार्टी बनाउने योजनामा जुटेका हुन् । उक्त बैंठकमा विशेषतः पार्टीको आर्थिक पारदर्शीता तथा पार्टी नेता र कार्यकर्ताको अनुशासन(आचरणका विषयमा छलफल हुनेछ । उनले राष्ट्रपति भए लगत्तै पार्टीमा र सरकारमा समेत भड्किलो खर्च गर्ने , लामो समय बैठक गरेर समय खेर फाल्ने जस्ता व्यवहारीक नीति बदल्दै कुरामा भन्दा बढी काममा र पारदर्शीतामा जोड दिएर नीति परिवर्तन गरेका थिए ।

mao-and-xi
पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाई त्यही पारदर्शीतालाई माध्यम बनाएर विश्व आर्थिक क्रान्तिको नेतृत्वकर्ता राष्ट्रको रुपमा विकसित बनाउने तयारीमा रहेका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीलाई आर्थिक मेरुदण्डका रुपमा विकास गरेर विश्वमा आर्थिक छलाङ मार्ने चिनियाँ जनताको सपना हो, त्यसलाई म पुरा गर्ने छु’, सीले भनेका छन् ।
साथै सि ले माओत्सेतुङले नेतृत्व गर्नु भएको लम्बे अभियान ऐतिहासीक महत्वको रहेको भन्दै अहिले पनि त्यही किसिमको स्पीरीट आवस्यक रहेकोमा जोड समेत अभियानको ८० औं वार्षिकोत्सवका अवसरमा दिएका थिए । भ्रष्टाचारविरुद्ध निरन्तर कठोर हुँदै आएका सीले आफू जनताको भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अडानमा अझ दृढ रहने बताएका छन् ।

‘म अहिले जुन पद, प्रतिष्ठ र शक्तिमा छु, त्यो चिनियाँ जनता र चिनियाँ कम्प्युनिष्ट पार्टीको देन हो’, उनले भनेका छन्, ‘त्यसैले पार्टी र चिनियाँ जनताको शून्य सहनशीलता अपनाउने जुन सोच र सपना छ, त्यसलाई पुरा गर्नका लागि म प्रतिबद्व छु । बैठकमा आउने चार सय भन्दा बढी नेता कार्यकर्तालाई यही अवधारणाअनुरुप अघि बढ्न आव्हान गर्दछु ।’ बेइजिङ विश्वविद्यालयका प्राध्यापक माओ सोलुङले शून्य सहनशीलताको रणनीति र देशको आर्थिक वृद्धिदर अन्य राष्ट्रपतिको भन्दा सीको पालामा बढेको बताएका छन् । ‘शून्य शहनशीलता र देशको आर्थिक वृद्धिदर अरु राष्ट्रपतिको कार्यकाल भन्दा जिनपिङको कार्यकालमा निकै सफल रहेको मान्न सकिन्छ’, उनले भनेका छन् ।

यो बैठकले चिनियाँ आर्थिक नीतिलाई बढावा गर्ने, चीनलाई आर्थिक रुपमा माथि उठाउने शून्य शहनशीलता लागू गर्ने, पार्टीका नेता कार्यकर्तालाई अनिवार्य रुपमा उत्पादनसँग जोड्ने र पार्टीको यही नीतिलाई सम्पूर्ण देशको उत्पादनको आर्थिक वृद्धिसँग जोडेर पूर्णरुपमा लागु गर्ने योजना रहेको छ । यही योजनामा टेकेर जिनपिङ अहिलेको परिस्थितिमा चीनका पहिलो अध्यक्ष माओ त्से–तुङ भन्दा शक्तिशाली राष्ट्रपति हुने तयारीमा जुटेका हुन् ।

उनी चीनलाई विश्वकै पहिलो आर्थिक शक्ति बनाएर विश्वकै शक्तिशाली नेता बन्ने योजनामा लागेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । पहिलो कार्यकालमा निरन्तर शक्ति आर्जन गरिरहेका उनी यही शक्तिलाई कायम राख्दै दोस्रो कार्यकाल राष्ट्रपति हुने दिशामा निश्चिन्त रहेका छन् ।

माओ सग‘ तुलना किन ?
माओत्सेतुङ आधुनिक चीनको पीताकै रुपमा परिचित छन् । चीनीया मुद्रामा माओको तस्वीर छ । माओपछि सन् १९८० को दशकका राष्ट्रपति देङ स्याओ फेङले लिएको उद्धार पूजीवादी नीतीका कारण अहिलेको विकासको आधार बढेको तर्क पनि छ । त्यस पछि शीत युद्धकालीन समयमा जियाङ जमिनको कार्यकाल चर्चित छ । त्यस पछि अहिलेका राष्ट्रपति तीक्ष्ण, परिवर्तनकारी सोचले भरिपूर्ण , आफैमा परीश्रमि र चीनीया सपनाका एक सच्चा प्रतिनिध भएको तर्क गर्नेहरु पनि छन् । अब चीनले विस्वव्यापी रुमिा नेतृत्व क्षमता देखाउनु पर्ने र त्यसको शुरुवात सि ले गर्न सक्नु हुने छ भन्नेमा चीनीया वौद्धिक वर्ग सहमत देखिन्छ ।

जटिल अन्तराष्ट्रिय परिस्थितिको सुक्ष्म मुल्याकंन र रणनीतिमा उच्च कुशलता

केही वर्ष अघि सम्म दक्षिणी चाईना सि को विवादमा रहेको छिमेकी मुलुक फिलिपिन्सका राष्ट्रपति फर्नान्डो डुटेरेको भ्रमण गराएर ईतिहासमा हिस्सेदारी बाड्ने जस्तो ऐतिहासिक सम्झौता गराउन सफल भए । यो त्यतिमा सीमित छैन डुटेरेले अब फिलिपिन्सले अमेरीकासग‘ सहकार्य नगर्ने घोषणै गरे । जुन फिलिपिन्स केही वर्ष अघि सम्म चीनलाई तर्साउन अमेरीकासग‘ सयुक्त सैन्य अभ्यास गर्दथ्यो । यो एउटा ऐतिहासिक सफलता मानिएको छ अन्तराष्ट्रिय राजनीतिमा ।
त्यसै गरी चीन पाकिस्तान आर्थिक कोरीडोरको ४६ बिलियन अमेरीकी डलरको प्रोजेक्ट सम्झौताले चीनलाई एशियाबाट मध्यपूर्वमा जोड्ने महत्वपूर्ण कडी पैदा गर्ने छ । यो पनि ऐतिहासिक सम्झौता रुपमा देखिएको छ ।
वान वेल्ट वान रुट जस्ता विषयमा बंगलादेश देखि ईरान सम्मलाई सहमतिमा ल्याउन सि आफ्नो पहिलो कार्यकालमै सफल भएका छन् ।
यस्तै कम्बोडियासग‘को सम्झौता पनि ऐतिहासिक भएको तर्क दुवै पक्षले गरेका छन् । यसले अमेरीकासग‘ बढ्दो तनावका बीच देशको सेनालाई अझ सबल र उच्च प्रविधियुक्त बनाउने सि को घोषणा र तयारीले पनि रणनीतिक मुल्याकंन र तयारीमा सि ले आफूलाई चीनको तर्फबाट विश्व नेताको रुपमा दर्शाउदै लगेका छन् । त्यसै गरी भियतनामलाई पनि सम्बन्ध सुधारमा ल्याउदै नौसैनिक सम्बन्ध सबल पार्न जहाजहरुको भ्रमण गराएका छन् ।
यसले अमेरीकाले एशियामा चीनलाई घेर्न गरीरहेको प्रयासमा केही कमी अवस्य आउने छ । समग्रमा भन्दा चीन घेर्ने अमेरीकी रणनीति कमजोर तुल्याउन , चीनलाई संभावित खतरासग‘ सर्तक राख्न र विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिकामा पुर्याउन सीले महत्वपूर्ण योगदान दिएका छन् ।
यसै कारण पनि अबको परिस्थितिमा सि ले १९४९ सम्म क्रान्ति गर्ने माओको जस्तै नया जोश र जागरका साथ चीनलाई अर्को उचाईमा पुर्याउने अपेक्षा सहित माओसग‘ तुलना गर्न थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी