रुपन्देही, ७ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने काम गरेकाले महाअभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।
प्रेस चौतारी रुपन्देहीले आज विहान गरेको पत्रकार भेटघाटमा गौतमले कार्कीले राजनीतिक पार्टी र नेताहरुप्रति पूर्वाग्रही ढंगले प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले आफूहरु बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।
उहाँले लोकमानले आफूलाई स्वीकार नगेका दलका नेता तथा व्यक्तिमाथि खोजीखोजी विनाकारण दुख दिने र प्रतिशोध साँध्न लागि परेको आरोप पनि लगाउनुभयो ।
गौतमले भन्नुभयो, ‘लोकमानको गैरसंवैधानिक क्रियाकलापविपरीत हामी उभिन बाध्य भएका हौं । महाभियोग प्रस्ताव संसदबाट दुई तिहाइ बहुमतले पारित हुन्छ।’ गौतमले एमाले महाअभियोग प्रस्तावबाट पछि हट्न नसक्ने दाबी समेत गर्नु भयो ।