लोकमानको महाअभियोग प्रस्ताव माथि मंगलबार छलफल हुने

लोकमानको महाअभियोग प्रस्ताव माथि मंगलबार छलफल हुने

जैविक तथा विषाक्त हतियार सम्बन्धि महासन्धि अनुमोदन

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ७ कार्तिक ।

निलम्बित अख्यिार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगकका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव माथि व्यवस्थापिका संसदमा आउँदो मंगलबारबाट छलफल हुने भएको छ ।
व्यवस्थापिका संसदको आजको बैठकको शुरुमा नै  सभामुख ओनसरी घर्तीले नेपालको संविधानको धारा १०१ को उपधारा(२) एवं व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम १६८ को उपनियम(१) बमोजिम सांसद महेन्द्र बहादुर शाही सहित १५७ जना सांसदहरुद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथिको छलफलका लागि पर्सी मंगलबार दिउँसो ३ बजे समय निर्धारण गरिएकोे जानकारी दिइन् ।
संसदको आईतबारको बैठकले “जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिवन्ध लगाउने तथा तिनलाई नष्ट गर्ने सम्बन्धी महासन्धि”लाई पनि बहुमतले अनुमोदन गरेको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त महासन्धिलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । अनुमोदन हुनु अघि सो महासन्धि उपर छलफलमा उठेको प्रश्नहरुको जवाफ दिंदै परराष्ट्र मन्त्री महतले मानव सभ्यतालाई खत्तम गर्ने यस्ता विषात्त हतियारको दरुपयोग रोक्न यो महासन्धीलाई हामीले अनुमोदन गर्नु पर्ने बताएका थिए । संसद बैठक पर्सी ९ गते मंगलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
यसैबीच, सत्ता नेतृत्वकर्ता दल नेकपा(माओवादी केन्द्र)ले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध परेको महाअभियोग प्रस्तावलाई अगाडि बढाउनु निर्णय गरेको छ । व्यवस्थापिका संसदको बैठक बस्नु अघि संसद भवन नयाँ बानेश्वरमा नै बसेको माओवादी संसदीय दलकोे बैठकले यस्तो निर्णय गरेको हो ।
दलको बैठक पछि माओवादीका सांसद अग्नि सापकोटाले बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालयले दिएको अधिकारको समेत प्रयोग गर्दै विधिसम्वत् तरिकाबाट दर्ता भएको महाअभियोग प्रस्तावलाई अगाडि बढाउने जानकारी दिंदै आफ्नो सांसदहरुलाई सोही अनुसार अगाडि बढ्न निर्देशन दिएको जानकारी दिएका थिए ।
नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले महाअभियोग सम्बन्धि विषयलाई अन्य पार्टीका शिर्ष नेतृत्वसँग छलफल गरी यस सम्बन्धि सम्पूर्ण निर्णय लिने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ