महाअभियोगमा जनमतअनुसार निर्णय आउँछ : देउवा

महाअभियोगमा जनमतअनुसार निर्णय आउँछ : देउवा

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने स्पष्ट पारेका छन् । महाअभियोग प्रस्ताव तत्काल पारित गराउन दबाव दिन विहान आफ्नै निवास बुढानिलकण्ठ आएका ११ विद्यार्थी संगठनको ज्ञापन–पत्र बुझ्दै सभापति देउवाले पार्टी निर्णय गर्दा जनमतको पनि ख्याल गरिने बताएका हुन् ।
उनले महाअभियोबारे पार्टीको केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरिने पनि बताए । कांग्रेस केन्द्रीय समितिको जारी बैठक सोमबार पुनः बस्दैछ । सभापति देउवाले महाअभियोगबारे जनमत बुझ्ने काम पनि भइरहेको बताए ।
यसैबीच, अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी) सहितका ११ विद्यार्थी संगठनले कार्कीविरुद्धको खबरदारीका लागि दिउँसो दुई बजे माइतीघरदेखि बानेश्वरसम्म दवाब जुलुस प्रदर्शन गर्ने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ