बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, भ्यालेन्सिया पराजित

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, भ्यालेन्सिया पराजित

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी कात्तिक ७। स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ । बार्सिलोनाले भ्यालेन्सियालाई ३ – २ गोलले पराजित गर्दै ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको लागि इन्जुरी समयमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गरेको गोल निर्णायक बन्यो । मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन ।

भ्यालेन्सियाका लागि मुनिर एल हाड्डाडीले ५२ औं मिनेटमा र रोड्रिगोले ५६ औं मिनेटमा एक एक गोल गरे । जितपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाको १ खेलबाट १९ अंक भएको छ । एक खेल कम खेलेका दोस्रो र तेस्रो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिडको १८ अंक छ ।

यस्तै गएराति नै भएको अर्काे खेलमा रियल सोसिडाडले अलाभेसलाई ३–० ले पराजित गरेको छ भने इस्पानियोल र एइबरले ३–३ तथा ग्रनाडा र स्पोर्टिङ गिजोनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी