काठमाडौ ७ कार्तिक ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउने सम्बन्धमा थप गृहकार्य गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।
बिहान साढे १० बजेपछि सिंहदरबारस्थित दलको कार्यलयमा बस्ने बैठकमा अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको प्रस्ताव पारित गराउन संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।
महाअभियोग प्रस्तावलाई पारित गराउन पाटी एक भएर अघि बढ्ने निर्णय गरेको माओवादी केन्द्रले आजको संसदीय दलको बैठकबाट आफ्ना सांसदहरुलाई निर्देशन दिने जनाएको छ ।
यसअघि हिजो बसेको केन्द्रिय कार्यलय बैठकले महाअभियोग प्रस्तावबारे अन्य दलहरुसँग छलफल गरी सहमति जुटाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline