काठमान्डौ कात्तिक ७ ।
व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा बिहान ११ बजेका लागि बोलाइए छ ।
आजको बैठकमा संसद् सचिवालयमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
कार्की्विरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्नका लागि संसद बैठक गत बिहीबारका लागि बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै बैठक आजसम्मका लागि स्थगित गर्नु भएको थियो ।
संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने छ । त्यसपछि बैठकले प्रस्तावमाथि अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसदमा अनुसन्धान प्रतिवेदन पठाउने छ ।