कार्तिक ६ काठमाण्डौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको दर्ता गरिएको महाअभियोग प्रस्तावमा सहमती जुटाउन अन्य दलहरुसँग पनि थप छलफल गर्ने निर्णय गरेको छ ।
लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले अविश्वासको प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने निर्णय गर्दै त्यसको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।
बैठकले सत्ता साझेदार दल काग्रेस लगायत अन्य दलसँग थप छलफल गरि सहमतीबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिईएको प्रवात्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
प्रमुख दलहरुबीच नै प्रस्तावका बिषयमा समान धारणा नभएपनि सबै पक्षसँग छलफल गर्ने निर्णय भएको भुषलले बताउनु भयो ।
एमाले र माओवादीका १५७ जना सांसदले हस्ताक्षर गरि कार्की बिरुद्ध संसदमा महाअभियोग दर्ता गराएका थिए तर काग्रेसले आफुहरुसँग सहमती नै नगरि प्रस्ताव दर्ता गराएको भन्दै खलेर प्रस्तावको समर्थन गरेको छैन ।
आइतबार (भोलि) बस्ने संसद बैठकमा प्रस्ताव पेस गर्ने तयारी रहेपनि दलहरुबीच औपचारीक रुपमा छलफल र ठोस सहमती नभएपछि प्रधानमन्त्री तथा पार्टि अध्यक्ष दाहाल सबैपक्षसँग सहमतीका लागी सक्रिय बन्नु भएके छ ।