इङ्लिस प्रिमियर लिग अन्तरगत नवौं चरणका खेल आजबाट हुँदै

इङ्लिस प्रिमियर लिग अन्तरगत नवौं चरणका खेल आजबाट हुँदै

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ६ कार्तिक ।
इङ्लिस प्रिमियर लिग अन्तरगत नवौं चरणका खेल आजबाट सुरु हुँदैछन् । लिगअन्तर्गत आज आठ खेल हुने छन् । नेपाली समय अनुसार बेलुका सवा ५ बजे हुने खेलमा बर्नमाउथ र टोटनह्यामबीच प्रतिस्पर्धा हुनेछ ।

राति पौने आठ बजे ६ खेल हुँदैछन् । खेलमा आर्सनल र मिडल्सब्रो आमने सामने हुँदा वर्नले र एभर्टन, हलसिटी र स्टोक सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै लेस्टर सिटी र क्रिस्टल प्यालेस, स्वान्सी सिटी र वार्डफोर्ड तथा वेस्ट ह्याम युनाइटेड र सन्डरल्यान्डबीचको खेल पनि सोही समयमा हुनेछ । त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा लिभरपुल र वेस्टब्रोमबीच प्रतिस्पर्धा हुनेछ ।

आठौं चरणका खेल सकिँदासम्म म्यानचेस्टर सिटी १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान १९ अंक भएको आर्सनल दोस्रो स्थानमा रहँदा १८ अंकका साथ टोटनह्याम तेस्रोमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी