माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै

माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ६ कार्तिक ।
नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।

बिहान ११ बजेपछि लाजिम्पाटस्थित पार्टी अध्यक्ष दाहालको निवासमा बस्ने बैठकमा अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव पारित गराउन भइरहेको ढिलाई तथा महाअभियोग प्रस्ताव दर्तामा पार्टीले लिएको अग्रसरताबारे समिक्षा हुने जनाइएको छ ।

महाअभियोग प्रकरणमा पार्टी भित्र गम्भिर छलफल नगरी अग्रसरता लिएर केही नेताले त्रुटीपूर्ण काम गरेको भन्दै उनीहरुलाई कारबाही गर्नुपर्ने अवाज समेत पार्टीभित्र उठेको स्रोतले बताएको छ ।

महाअभियोग प्रस्ताव सम्बन्धमा दलहरु अन्योलमा रहेको अवस्थामा बस्न लागेको माओवादी केन्द्रको आजको बैठकले गम्भिर निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ