काठमाण्डौ ,६ कार्तिक ।
समाज कल्याण खेलकुद केन्द्र आयोजनामा दशौ सुजल स्मृति सिक्स ए साईड फुडबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
नयाँ बजारस्थित सोसल ग्राउण्डमा आगामि कार्तिक १३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ४० टिम सहभागी हुनेछन् ।
दुई समुहमा विभाजन गरि नकआटका आधारमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्तगर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडी र उच्च गोलकर्ताले जनहि पाँच पाँच हजार र आकर्षक टफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline