केही महिना अगाडी “ॐ नमः शिवाय” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
“छम छम” बोलको सार्वजनिक गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् ।
उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन् । ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकहरुले मन पराउनेमा गायक दिप्सन विश्वस्त देखिएका छन् । यो गीत दिप्सनको एल्बम दीपमा समाबेश छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
