लोकमानबारे छलफल गर्न भन्दै काग्रेस केन्द्रिय समिति बैठक स्थगित

लोकमानबारे छलफल गर्न भन्दै काग्रेस केन्द्रिय समिति बैठक स्थगित

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,५ कार्तिक ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न भन्दै नेपाली काग्रेसले केन्द्रि समिति बैठक स्थगित गरेको छ ।

सभापति शेरबहादुर देउवाले लोकमानसिंह कार्कीबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग छलफल गर्न भन्दै केन्द्रीय कार्य समिति बैठक आगामी सोमवारसम्मका लागि स्थगित गर्नुभक्एो हो ।

विहीबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा लोकमानविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावबारे वक्ताहरुले धारणा राख्दै आएका थिए । तर, सभापतिले अन्य पार्टीसँग छलफल गर्ने भन्दै बैठक स्थगित गर्नुभएको जनाईएके छ ।

महाअभियोग प्रस्तावबारे कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गराउने जनाएपनि संसद बैठकको भोलीपल्ट सम्म बैठक स्थगित गरेको छ ।

आइतवार संसद् बैठक बोलाईएपनि कांग्रेसले सोमवारसम्मका लागि बैठक स्थगित गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ