संकटा अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबलको क्वार्टरफाइनलमा

संकटा अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबलको क्वार्टरफाइनलमा

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चितवन, कात्तिक ५ ।

संकटा फुटबल क्लब चितवनमा जारी अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आज भएके खेलमा संकटाले युनाइटेड खर्साङ फुटबल क्लब, भारतलाई ४–२ ले पराजित गर्यो । संकटाका लागि विश्व अधिकारी र निराजन खड्काले २–२ गोल गरे ।

खेलको १३औं र ७९औं मिनेटमा विश्व र २५औं र ७६औं मिनेटमा निराजनले गोल गरेका हुन् ।

पराजित युनाइटेड खर्साङका सुजय गुरुङले २ गोल फर्काए । उनले खेलको ८४औं र ८९औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका निराजन खड्का ‘म्यान अफ द म्याच’ घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी