युवाहरु विदेश पलायनप्रति उपराष्ट्रपतिको चिन्ता

युवाहरु विदेश पलायनप्रति उपराष्ट्रपतिको चिन्ता

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, ५ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले युवाहरुमा विदेश पलायनको लर्को बढ्दै गइरहेकोप्रति चिन्ता ब्यक्त गर्नुभएको छ ।
भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा शुक्रबारदेखि सूरु भएको विद्यार्थीको गुणीय चक्र (एस क्यु सी) को बाह्रौ राष्ट्रिय सम्मेलनको उद्घाटन गदै उपराष्ट्रपति नन्दबहादुर पुनले युवा विद्यार्थीहरुले विदेशको नभई स्वदेशकै सपना देख्नुपर्ने र स्वदेशमै भविष्य रहेको बताउनुभयो । उहाँले देशकै लागि नयाँ पुस्ताले सोच्नुपर्ने आवश्यकता रहेकासमेत बताउनुभयो ।
राष्ट्रले मलाई के दियो भन्ने ? गलत सोचको विकास भइरहेकोमा चिन्ता ब्यक्त गर्दै राष्ट्रले के दियो भन्दा पनि राष्ट्रलाई के दिए भन्ने भावना नयाँ पुस्तामा आउनुपर्नेमा र त्यसतर्फ उन्मुख गराउनुपर्नेमा उहाँको जोड छ । अनुशाशित, दक्ष र शिक्षित नागरिकले देशको लागि केहि गर्नुपर्छ भन्ने भावनाले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली जनताको दसकैदेखिको सपना संविधानसभाबाट संविधान जारी भएकोमा खुसी ब्यक्त गर्दै यसले नेपाली जनताको भविष्य सुन्दर भएको बताउनुभयो । क्वेस्ट नेपालको आयोजनामा भएको सम्मलेलनमा १२ जिल्लाका ५५ विद्यालयबाट एक हजार एक सय जना विद्यार्थी, प्रतिनिधि पर्यवेक्षकका सहभागिता रहेका छन् । सम्मेलन भोलिसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी