माओवादीले  शक्ति सञ्चय गरिरहेको छ : प्रचण्ड  

माओवादीले  शक्ति सञ्चय गरिरहेको छ : प्रचण्ड  

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

कार्तिक ५, काठमाडौं ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्तिहरुबीचको एकता र ध्रुवीकरणमार्फत् शक्ति सञ्चय गरिरहेको बताउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई आज सम्बोधन गर्दै प्रचण्डले बिभिाजित हुदा माओवादी आन्दोलन कमजोर बनेकाले बिगतको समिक्षा सहित एकतावद्ध हुन थालेको बताउनु भयो ।

प्रचण्डले भन्नुभयो, हामि बिभाजित हुदा माओवादी आन्दोलन कमजोर बन्नुका साथै राष्ट्रका युगान्तकारी एजेण्डाहरु पनि कमजोर बने । त्यसैले एकता र ध्रुवीकरणमार्फत् हामिले शक्ति सञ्चय गरिरहेका छौं ।’

नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीहरुमा बिचलन आउने गरेको उहाको भनाई छ ।

नेपालमा भएका ठूलठूला बलिदानबाट प्राप्त उपलब्धी संस्थागत नहुदै राजनीतिक पार्टीहरुमा विभाजन र स्खलनहरु देखिएको भन्दै उहाले माओवादी त्यसलाई छिचोल्दै अघि बढ्ने अभियानमा रहेको बताउनु भयो ।

प्रचण्डले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा रहेको पनि चर्चा गर्नुभयो ।

उहाले भन्नुभयो ,विगतमा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने प्रवृत्तिले देश नै बिखण्डन हुने त होइन ? भन्ने जोखिम निम्तियो, त्यसको समाधान दिनु पनि मेरै जिम्मेवारी हो । त्यसैले मलाई माओवादी आन्दोलन र सिङ्गो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’

dsc9898-1024x68311

सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई मन नपराउने शक्तिहरु मिडिया र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेको आरोप पनि लगाउनु भयो ।

घोषणा सभामा नेकपा (क्रान्तिकारी) बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा (माले) बाट रबिन्द्र थापाको नेतृत्वमा सयौं नेताहरु नेकपा (माओवादी केन्द्र) सँग एकतामा आउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी