एमाले अध्यक्ष ओलीको ढाका भ्रमण स्थगित

एमाले अध्यक्ष ओलीको ढाका भ्रमण स्थगित

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ५ कार्तिक । 

लोकमान प्रकारणपछि बदलिएको राजनितिक परिस्थिति र चौतर्फी विरोधका कारण प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आजदेखि हुने भनिएको बंगलादेश भ्रमण स्थगित भएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउने सम्बन्धी संसदमा दर्ता भएको प्रस्तावमा दलहरुबीच छलफल चलिरहदा विदेश भ्रमणमा जान लागेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले भ्रमण स्थागित गर्नुभएको हो ।

उहाँ बंगलादेशको सत्तारुढ अवामी लिग पार्टिको कार्यक्रममा सहभागी हुन आज दिउँसो पौने २ बजे ढाका जाने कार्यक्रम रहेको थियो ।

अख्तियार प्रमुख कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारितका लागि दलीय सहमति जुटाउने निर्णय गरेपनि एमाले नेताहरु भने बिदेश भ्रमणमा निस्कन लागेको भन्दै चौतर्फी बिरोध भएको थियो ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, कार्यक्रममा सहभागी हुन सांसद राजन भट्टराईको नेतृत्वमा दुई सदस्यीय टोलीमात्र दिउँसो पौने २ बजे ढाका उड्नेछ ।

यस्तै पार्टीको कामका लागि भन्दै बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको पूर्व निर्धारित भ्रमण तालिका भने यथावत रहेको एमालेले जनाएको छ ।

नेता खनाल भोली जापान र नेता नेपाल पर्सि भियतनाम जाने कार्यक्रम छ । महासचिव ईश्वर पोख्रेल पनि अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा हुनुहुन्छ । उहाँ आगामी कार्तिक १२ गते मात्र काठमाडौं फर्कनु हुनेछ ।

यसअघि सभामुख ओनसरी घर्तीले पनि महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि आजका लागी तय भएको जेनेभा भ्रमण स्थगित गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी