एमाले अध्यक्ष ओली ढाका जादै

एमाले अध्यक्ष ओली ढाका जादै

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,५ कार्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बंगलादेशको ढाका प्रस्तान गर्दै हुनुहुन्छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बिषयमा दलीय छलफल चलिरहेका बेला अध्यक्ष ओली ढाका जान लाग्नुभएको हो ।
उहा आज दिउसो साढे २ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने छ । ओलीले ढाकामा हुन लागेको अवामी लिग पार्टिको कार्यक्रममा सहभागीता जनाउनु हुनेछ ।

सो कार्यक्रम पछि उहाले लिगका शिर्ष नेताहरुसँग छुट्टै भेटवार्ता गर्नुका साथै उच्च राजनितिक भेटवार्ता पनि गर्ने जनाईएको छ ।

महाअभियोग प्रस्ताव दर्ता गराएको दुई दिन सो बिषयमा छलफल चलिरहदा अध्यक्ष ओली ढाका जान लागेको भन्दै आलोचना पनि भएको छ ।

यसअघि सभामुख ओनसरी घर्तीले भने महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि आजका लागी तय भएको जेनेभा भ्रमण स्थगित गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी