कांग्रेस केन्द्रिय समितिको बैठक आजपनि बस्दै

कांग्रेस केन्द्रिय समितिको बैठक आजपनि बस्दै

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ,५ कार्तिक ।

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजपनि बस्दैछ । ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा आजपनि संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावबारे छलफल हुने जनाइएको छ ।

सदनमा कार्कीविरुद्ध महाअभियोग दर्ता भएको एकदिन पछि हिजोदेखि सुरु बैठकमा महाअभियोग प्रस्तावबारे सदस्यहरु धारणा राख्नेक्रम जारी छ । आजको बैठकमा बोल्न बाँकी सदस्यहरुले कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टीले अवलम्बन गर्नुपर्ने रणनितिबारे सुझाव दिने जनाएको छ ।

यसअघि हिजोको बैठकमा ९ जना सदस्यले धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाअभियोग प्रस्तावलाई समर्थन गर्नुपर्ने सुझाव दिएका छन् । यद्यपी सत्तासाझेदार दल कांग्रेसलाई वेवास्ता गर्दै नेकपा माओवादीले प्रतिपक्षी एमालेसँग मिलेर प्रस्ताव ल्याएको भन्दै केही सदस्यहरुले आपत्ती जनाएका थिए ।

सदस्यहरुले बोल्ने क्रम सकिए सदनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे आजै आधिकारिक धारणा सार्वजनिक गर्ने काग्रेसको तयारी छ । यस्तै बैठकमा मधेशी मोर्चाको माग सम्बोधनका लागि गर्ने भनिएको संविधान संशोधन प्रक्रियाका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी