अनुहारहरु

अनुहारहरु

  • शुक्रबार, कार्तिक ५, २०७३
  • इन्दकुमार श्रेष्ठ सरित्

  • 9.4K
    SHARES

कस्तो अचम्म, बाबै!
हिजोमात्र चिनेको अनुहार आज चिनिन्न
सत्ते ! हिजैको भेटघाट त हो नि
किन हो यिनलाई हेक्कै रहन्न ?
मेरै आँखा धमिलिएको हो कि ?
मान्छे बदलिएको  पो हो कि ?
कि रातारात अथाॅत् उज्यालो नहुँदै
अहो! मुहार नै फेरिएको हो त ?

अनुहारले हाल्छन् यहाँ भाका
विकासका आत्मीयतापूणॅ मीठा
तर कसको विकास ?
तिम्रो, मेरो अथवा देशको ?
बुझिनसक्नु छन् शब्द पाल्सी कुराका
अथॅमा अनेकाथॅ छन्
कसले पोतेको छ रंग मुहारमाथि ?
कसले ओढेको छ नक्कली मुखौटो ?
मलाई के थाहा ?
तिमीलाई के थाहा ?

युगौं अँध्यारोमा राखे यिनले मानिसलाई
आश्वासनको हालेर छारकाप्रो
आशा र विश्वासको सुकाएर विस्कुन
लोभ्याइरहे रहे यिनले तिमीलाई/मलाई
कसरी चिन्नु यिनलाई
प्रत्येक पल आइरहे यी नयाँनयाँ अनुहार लिएर

रात पारेका छन् दिनमै यिनले
रुवाएर लाखौं मन मुटुलाई
आफूमात्र हाँस्ने यिनको कुटिल चालले
हिमालजस्तो जिन्दगी ओइलिएको छ
फूलको थुँगाजस्तो जिन्दगी चोइटिएको छ
हजारौ सपनाहरुले मरुभूमिमा आत्महत्या गरेका छन्

कति दिन चिथोलाॅन्, नंग्रयाउलान
हाम्रो आस्था, हाम्रो विश्वास ?
धैयॅको बाँध भत्कियोभने
कति दिन छोपिएलान यी थुन्सेले
यिनलाई डोकोले छोप्ने दिन कसो नआउला ?
?
  तरहरा, सुन्सरी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी