कस्तो अचम्म, बाबै!
हिजोमात्र चिनेको अनुहार आज चिनिन्न
सत्ते ! हिजैको भेटघाट त हो नि
किन हो यिनलाई हेक्कै रहन्न ?
मेरै आँखा धमिलिएको हो कि ?
मान्छे बदलिएको पो हो कि ?
कि रातारात अथाॅत् उज्यालो नहुँदै
अहो! मुहार नै फेरिएको हो त ?
अनुहारले हाल्छन् यहाँ भाका
विकासका आत्मीयतापूणॅ मीठा
तर कसको विकास ?
तिम्रो, मेरो अथवा देशको ?
बुझिनसक्नु छन् शब्द पाल्सी कुराका
अथॅमा अनेकाथॅ छन्
कसले पोतेको छ रंग मुहारमाथि ?
कसले ओढेको छ नक्कली मुखौटो ?
मलाई के थाहा ?
तिमीलाई के थाहा ?
युगौं अँध्यारोमा राखे यिनले मानिसलाई
आश्वासनको हालेर छारकाप्रो
आशा र विश्वासको सुकाएर विस्कुन
लोभ्याइरहे रहे यिनले तिमीलाई/मलाई
कसरी चिन्नु यिनलाई
प्रत्येक पल आइरहे यी नयाँनयाँ अनुहार लिएर
रात पारेका छन् दिनमै यिनले
रुवाएर लाखौं मन मुटुलाई
आफूमात्र हाँस्ने यिनको कुटिल चालले
हिमालजस्तो जिन्दगी ओइलिएको छ
फूलको थुँगाजस्तो जिन्दगी चोइटिएको छ
हजारौ सपनाहरुले मरुभूमिमा आत्महत्या गरेका छन्
कति दिन चिथोलाॅन्, नंग्रयाउलान
हाम्रो आस्था, हाम्रो विश्वास ?
धैयॅको बाँध भत्कियोभने
कति दिन छोपिएलान यी थुन्सेले
यिनलाई डोकोले छोप्ने दिन कसो नआउला ?