प्रमुख दलका कारण संसदमा लोकमानबिरुद्ध महाअभियोग पेश भएन , सूचना टाँसेर संसद स्थगित

प्रमुख दलका कारण संसदमा लोकमानबिरुद्ध महाअभियोग पेश भएन , सूचना टाँसेर संसद स्थगित

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,४ असोज ।

व्यवस्थापिका संसदको बैठक आईतवार सम्मका लागी स्थगित भएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्तावका बिषयमा छलफल गर्न प्रमुख दलले समय माग गरेपछि ब्यावस्थापिका संसदको बैठक स्थगीत भएको छ ।

एमाले र माओवादी केन्द्रका सांसदले हिजो बुझाएको महाअभियोग प्रस्तावमाथि छलफल अघि बढाउने बिषयमा प्रमुख तीन दलले थप आन्तरिक छलफल आवश्यक भएको जनाएपछि आजका लागी बोलाईएको बैठक सुचना टासेर स्थगित गरिएको हो ।

महाअभियोग प्रस्तावमाथि साझा धारणा बनाउन दलका नेताहरु छलफलमा जुट्नुपर्ने भएकाले बैठक सार्न सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।
त्यसलगत्तै आईतवार बिहान ११ बजेसम्मका लागी संसद सचिवालयले बैठक स्थगीत गरेको जनाएको छ ।

एमाले र माओवादीले लोकमानलाई महाअभियोग लगाउने प्रस्तावको पक्षमा रहेपनि नेपाली काग्रेसले यसबिषयमा आधिकारीक धारणा तय गरेको छैन ।

बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा हिजोको संसद बैठकले संविधानले व्यवस्था गरे अनुरुपको ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो भने हिजै साँझ नेकपा(एमाले) तथा नेकपा(माओवादी केन्द्र)का १५७ जना सांसदहरुले संयुक्त हस्ताक्षर गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
एमाले र माओवादीका सांसदहरुले अख्तियार प्रमुख कार्कीले सर्वोच्च अदालतको मानहानी हुने गरि म्याद तामेल गर्न नदिएको र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको आरोप सहित व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ