कार्तिक ४, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्तविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्ता साझेदार नेपाली कांग्रेससग छलफल गरेर आवश्यक निर्णय लिने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रिय कार्यलयको बैठकले प्रमुख सत्ता साझेदार दल कांग्रेस र सभामुख ओनसरी घर्तीसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको हो ।
माओवादी केन्द्र र एमालेका सांसदसग मिलेर संसद्मा दर्ता गराएको महाअभियोग प्रस्तावलाई कुन प्रक्रियाबाट अगाडि बढाउने भन्ने विषयमा छलफल भएपनि टुंगो लाग्न नसकेको माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकले प्रधानमन्त्री दाहालको गोहा भ्रमण अत्यन्त उपलब्धिमूलक भएको निष्कर्ष पनि निकालेको छ । गोवा भ्रमणबारे जानकारी गराउदै प्रधानमन्त्रीले चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमूखहरुसगको छलफल र भेटबार्ता निकै फलदायी र सकारात्मक रहेको बताउनु भएको थियो ।
नेपाल बिमस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्रा्ष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमूखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले बताउनु भयो ।