कार्यवाहक अख्तियार प्रमुखमा आयुक्त दीप बस्न्यात

कार्यवाहक अख्तियार प्रमुखमा आयुक्त दीप बस्न्यात

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, ४ कार्तिक । कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी आयुक्त दीप बस्न्यातले सम्हालेका छन् । लोकमानसिंह कार्की्विरुद्ध महाअभियोग प्रस्ताव गर्दा भएसगैँ निलम्बित भएपछि आजदेखि बस्न्यातले प्रमुखको जिम्मेबारी सम्हालेका हुन् । अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् ।
उनले भने – ‘संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ, संवैधानिक आयोग संविधानअनुसार नै चल्छ ।’ आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेका छन् ।
बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ