एजेन्सी, ४ कार्तिक । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा समूह डीमा रहेको एथ्लेटिको मड्रिडले एफसी रोस्तोभलाई एक शुन्यले हराएको हो ।
रुसी क्लबलाई हराउन एथ्लेटिकोका लागि यानिक काररास्कोले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगा लिडर रहेको एथ्लेटिको तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
गएराति नै भएको अर्काे खेलमा बायर्न म्युनिखले पिएसभी एन्थोभलाई चार एकले हरायो ।
६ अंकसहित बायर्न म्युनिख भने दोस्रो स्थानमा छ । राति नै भएका समूह बी अन्तर्गतको खेलमा बेसिकटास र बेन्फिका विजयी भए । बेसिकटासले नापोलीलाई ३–२ तथा बेन्फिकाले डाइनाभो किएभलाई २–० ले हराएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline