च्याम्पियन्स लिगमा आर्सनलको फराकिलो जित

च्याम्पियन्स लिगमा आर्सनलको फराकिलो जित

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, ४ कार्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आर्सनल र बार्सिलोनाले फराकिलो जित दर्ता गराएका छन् ।
समूह ए अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा आर्सनलले बुल्गेरीयाको लुदोगोरेट्स राज्गार्डलाई छ शुन्यले हरायो ।
खेलमा आर्सनललाई विजयी गराउन मेसुट ओजिलले ह्याट्रिक गरे भने थियो वाल्कट, अक्सलेड चेम्बरलीन र अलेक्सीस सान्चेजले एक–एक गोल गरे ।
समुह ए को अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जीले स्विट्जरल्याण्डको एफसी बाजललाई तीन शुन्यले हराएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत समुह बी को खेलमा पोर्चुगलको बेनिफीकाले युक्रेनको डाईनामो किभलाई दुई शुन्यले हराउँदा टर्कीको बेसिक्तासले इटालीको नापोलीलाई तीन दुईले पराजित गर्न सफल भयो ।
उता समुह सीको खेलमा स्पेनको बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई चार शुन्यले हराएको छ । वार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेईमारले एक गोल थपे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी