काठमाडौं, ४ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको अन्तिम तयारीका लागि नयाँ दिल्लीबाट ‘एड्भान्स टिम’ आज काठमाडौं आउँदै छ ।
निकट भविष्यमा हुने राष्ट्रपति मुखर्जीको भ्रमणको तालिकाको अन्तिम टुंगो लगाउन भारतीय कूटनीतिज्ञ तथा सुरक्षा अधिकारीको ‘एडभान्स’ टोली आज काठमाडौं आउन लागेको हो ।
भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्माको नेतृत्वमा आउने टोलीले नेपाल सरकारले गरिरहेको भ्रमण तयारी तथा स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।
टोलीको प्रतिवेदनको आधारमा भारतीय विदेश मन्त्रालयले राष्ट्रपति मुखर्जीको भ्रमण कार्यक्रम सार्वजनिक गर्नेछ ।
मुखर्जीले १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमण गर्ने तय भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline