१ सय ५७ सांसदद्धारा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता , अख्तियार प्रमुखबाट निलम्बन

१ सय ५७ सांसदद्धारा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता , अख्तियार प्रमुखबाट निलम्बन

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौ ३ कार्तिक ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । माओवादी केन्दका नेता प्रस्तावक र एमाले प्रमुख सचेतकको समर्थनमा बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् । एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।

संसद्मा महाअभियोग पत्र दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पद स्वतस् निलम्बनमा परेको पत्र संसद्ले राष्ट्रपति, प्रधानमन्त्री, अख्तियार र संवैधानिक परिषद्मा पठाएको छ।

संसद सचिवालयले यस्तो पत्र पठाएको जानकारी सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले दिए। संसद सचिवालयले पठाएको पत्रमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको टुंगो नलाग्दासम्म प्रमुख आयुक्तको हैसियतमा काम गर्न वा नगराउन भनिएको छ । कार्की अब कार्यलय गएर कुनै पनि काम गर्न नपाउने भएका छन्।

संविधानमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारीले काम गर्न नपाउने वा भूमिका निलम्बित हुने प्रावधान छ ।
संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने प्रावधान छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ