एजेन्सी कार्तिक ४ । स्टार लियोनल मेसीले ह्याट्रीक गरे पछि च्याम्पियसन्स लिगमा बार्सिलोनाले म्यान्चेष्टर सिटीलाई ४–० ले स्तव्ध पारेको छ ।
ईङिलस क्लबको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर पहिलो पटक यति ठूलो पराजय व्यहोर्न बाध्य भएको छ ।
मेस्सीले १७ , ५९ र ७९ औं मिनेटमा गोल गरेका थिए भने नेयमारले ८९ औं मिनेटमा १ गोल थपेर बार्सिलोनाको फराकीलो जीतको आधार तयार पारेका थिए ।
नौ क्याम्पमा भएको खेलमा पहिलो हाफ् प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफ्मा ब्राभो ५३ औं मिनेटमा बाहिरीएर १० खेलाडीमा सीमित म्यान्चेष्ट सिटी दवावमा परेको थियो ।
खेलको १५ मिनट बाकी रहदा बार्सीलोना पनि १० खेलाडीमा सीमित भएको थियो ।
मेसीले च्याम्पियन्स लिगमा सबै भन्दा धेरै ५० गोल गर्ने खेलाडी समेत बन्न सफल भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline