लिसेस्टर सिटी च्याम्पियन्स लिगको नकआउट चरण नजिक

लिसेस्टर सिटी च्याम्पियन्स लिगको नकआउट चरण नजिक

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

समूह जीमा रहेको लेस्टरले गएराति भएको खेलमा एफसी कोपनहेगनलाई १–० ले हराउँदै समूह चरणमा लगातार तेस्रो जित दर्ता गराएको हो ।
खेलको ४० औं मिनेटमा रियाद महरेजले गरेको गोल नै लेस्टरको जितमा निर्णायक बन्यो । लेस्टरले च्याम्पियन्स लिगका तीन खेलमा अहिलेसम्म पाँच गोल गरेको छ । त्यसमा चार गोलमा महरेज सहभागी छन् ।
तीन खेलबाट ९ अंक जोडेको लेस्टर समूहको शीर्ष स्थानमा छ । शीर्ष १६ मा पुग्न लेस्टरका लागि अब एक खेलमात्र जिते पुग्ने छ ।
यसअघि भएका खेलमा लेस्टरले क्लब ब्रुगलाई ३–० तथा एफसी पोर्टोलाई १–० ले हराएको थियो । समूह जी अन्तर्गत गएराति भएको अर्को खेलमा एफसी पोर्टोले क्लब ब्रुगलाई २–१ ले हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी