रियल मड्रिडको लेगिया वार्सामाथि फराकिलो जित

रियल मड्रिडको लेगिया वार्सामाथि फराकिलो जित

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, ३ कार्तिक । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा दोस्रो जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा मड्रिडले लेगिया वार्सामाथि ५–१ को फराकिलो जित निकालेको हो ।
रियलको जितमा ग्यारेथ बेल, मार्को एसेनसिओ, लुकास भाजक्वेज र अल्भारो मोराटाले एक एक गोल गरे । यस्तै पोलिस क्लब लेगिया वार्साका थोमस जोड्लोविएकले आत्मघाती गोल उपहार दिए । लेगिवा वार्साका लागि मिरोस्लाव राडोविचले शान्त्वना गोल गरे ।
यसअघिको खेलमा रियल मड्रिड बोरुसिया डर्टमुण्डसँग २–२ को बराबरीमा रोकिएको थियो भने समूहको पहिलो खेलमा स्पोर्टिङलाई २–१ ले हराएको थियो ।
समूह एफमा रहेको रियल मड्रिडको तीन खेलबाट सात अंक भएको छ । गएराति भएको अर्काे खेलमा स्पोर्टिङ लिस्बोनलाई २–१ ले हराएको बोरुसिया डर्टमुण्ड तीन खेलबाट सात अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । बोरुसिया रियल मड्रिड भन्दा गोल अन्तरमा अघि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी