तेस्रो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आजबाट राजधानीमा हुदै

तेस्रो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आजबाट राजधानीमा हुदै

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ३ कार्तिक । 

तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आजबाट राजधानीमा सुरु हुदैछ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूह विजेता टोली सिधै प्रिक्वाटर फाइनल प्रवेश गर्नेछ । त्यस्तै ६ समूहको उत्कृष्ट दुई उपविजेता टोली पनि नकआउट चरण पुग्नेछन् ।

प्रतियोगितामा १३ बैंक, १ मिडिया हाउस र ५ कर्पोरेट हाउस सहभागी छन् । समूह ‘ए’ मा माछापुच्छ्रे बैंक, प्रभु बैंक र नविल बैंक छन् भने समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, एनएमबी बैंक, एनआईसी एसिया बैंक र सेन्चुरी बैंक रहेका छन् ।

यस्तै समूह ‘सी’ मा निम्बस, कान्तिपुर मिडिया ग्रुप र ज्योति विकास बैंक तथा समूह ‘डी’ मा मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक छन् ।

यसैगरी समूह ‘इ’ मा सिप्रदी, नेपाल टेलिकम र रुस्लान क्रिकेट र समूह ‘एफ’ मा पहिलो संस्करणको विजेता सिभिल बैंक, सुबिसु र नेपाल एसबीआई बैंक छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी