३३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

३३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं, कात्तिक २ ।

पाच वर्षसम्मका ३३ लाख बालबालिकालाई आज र भोली देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ ।

जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफूलाई पायक पर्ने ठाउँमा गएर खुवाउन बालस्वास्थ्य महाशाखाले आह्वान पनि गरेको छ । आज छुटेका बालबालिकालाई भने भोली (बुधबार) खुवाउन सकिनेछ ।

बिहानैदेखि सबै जिल्ला, नगरपालिका तथा गाविस अन्तरगतका प्रत्येक वडामा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।

जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सन्चालन भएपछि वर्से्नि १२ हजार बालबालिका अकालमा हुने मृत्युबाट जोगिएको स्वास्थ्य मन्त्रालायले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी