म्यानचेस्टर युनाइटेड र लिभरपुल बराबरीमा रोकिए

म्यानचेस्टर युनाइटेड र लिभरपुल बराबरीमा रोकिए

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,२ कार्तिक ।
इंग्लिस प्रिमियर लिग अन्तर्गतको आज बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल गोल रहित बराबरीमा रोकिएका छन् ।

लिभरपुलको मैदानमा भएको खेलमा दुवै क्लबले गोल गर्न पाएको राम्रा अवसर गुमाएका थिए । बराबरीपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

शीर्ष दुई स्थानका सिटी र आर्सनल भन्दा दुई अंकले पछि रहेको लिभरपुल ८ खेलबाट १७ अंकसहित चौथो स्थानमा छ । १४ अंक रहेको युनाइटेड सातौं स्थानमा छ ।

पछिल्लो समय निकै फर्ममा रहेको लिभरपुलसँगको खेलमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होको रणनीति निकै उपयोगी बन्यो ।

म्यानचेस्टर युनाइटेडले यो खेलमा लिभरपुलले यो सिजन गर्दै आएको स्तरको प्रदर्शन गर्ने मौका नै दिएन ।

मोरिन्होले खेललाई अट्याकिङ भन्दा पनि लिभरपुललाई अवसर नदिने रणनीतिमा खेलाडीलाई परिचालित गरेका थिए ।

दोस्रो हाफमा लिभरपुलले गोल गर्ने राम्रा दुई मौका पाएपनि म्यानचेस्टरका गोलरक्षक डेविड डि जियाले सुन्दर बचाउ गरे ।

जियाले एमरी क्यान र फिलिपे कोन्टिन्होको प्रहार जोगाएका हुन् । युनाइटेडले पनि दोस्रो हाफमा नै गोल गर्ने मौका बनाएको थियो ।

पउल पोग्बाको क्रसमा जाल्टन इब्राहिमोविचले प्रहार गरेको बल लक्ष्यमा भने पुग्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी