निःशुल्क औषधि वितरणको बोलपत्रमा बिदेशी कम्पनिमात्रै आए

निःशुल्क औषधि वितरणको बोलपत्रमा बिदेशी कम्पनिमात्रै आए

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, कात्तिक १ ।

स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेको जनाईएको छ ।

तर कुन–कुन कम्पनीले बोलपत्र हाले भन्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन ।

स्वास्थ्यमन्त्री गगन थापाले मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता नगराएको बताउनु भयो ।

गत असोज महिनामा बोलपत्र आह्वान गरेकोमा स्वदेशी औषधि कम्पनीले लागत मूल्यभन्दा कम मूल्यमात्र पाइने भएकाले बोलपत्र नहालेको बताइएको छ ।

मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी