रेडबुल फुटसल लिगमा ढुकु र हरिसिद्धी विजयी

रेडबुल फुटसल लिगमा ढुकु र हरिसिद्धी विजयी

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, कात्तिक १ ।

‘रेडबुल फुटसल लिग–२०७३’ का खेलहरुमा आज ढुकु फुटसल हब र हरिसिद्धी फुटसल विजयी भएका छन् ।

एएमए इभेन्ट्सको आयोजनामा जारी समूह ‘ए’को खेलमा ढुकु फुटसल हब, बालुवाटारले आदर्श फुटसल ढुंगेअड्डालाई ५–२ ले पराजित गर्यो ।

ढुकुका लागि सबिन केसीले दुई गोल गरे भने सुरज राउत, अंसु कार्की र सबिन खड्काले एक–एक गोल थपे । आदर्श फुटसलका समीर कार्की र सुरेन्द्र कटवालले एक–एक गोल फर्काएका थिए ।

आजै भएको दोस्रो खेलमा हरिसिद्धी फुटसलले बिजी ब्रदर्शलाई ६–५ ले हराएको छ ।

पेप्सीकोलास्थित बिजी ब्रदर्शको मैदानमा भएको खेलमा पाहुना टोली हरिसिद्धीलाई विजयी गराउन ‘म्यान अफ द म्याच’ लालबहादुर तामाङले तीन गोल गरे । यसैगरी रफीक महर्जन, विकाश महर्जन र निरज मर्हजनले एक–एक गोल थपे ।

जारी प्रतियोगितामा ढुकु फुटसल हब र हसिरिद्धी फुटसलको पहिलो जित हो भने आदर्श फुटसल ढुंगेअड्डा र बिजी ब्रदर्शको लगातार दोस्रो हार हो ।

दशैका कारण रोकिएको नेपालको सर्वाधिक पुरस्कार राशीको फुटसल लिग आजबाट पुन सुचारु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी