चितवनमा १६ वर्षपछि टुबोर्ग फुटबल प्रतियोगिता सुरु

चितवनमा १६ वर्षपछि टुबोर्ग फुटबल प्रतियोगिता सुरु

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चितवन, कार्तिक १।

टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२ औँ संस्करण सुरु भएको छ। आजदेखि सुरु भएको प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन्।

चितवन नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी हँुदैछन्। नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन्।

त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन्। त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइने आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले बताए।

त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वा्िधक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ ।

प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो। युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो। प्रतियोगिता आगामी कात्तिक १४ गतेसम्म चल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी