त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ ,१ कार्तिक।
शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने दाबी गर्नुभएको छ ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सकिने विषयमा अध्ययन भइरहेको पनि जानकारी गराउनु भयो ।

त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले बताउनुभयो ।

यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै चुलिदै गएको छ ।

यस्तै उहाले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पु¥याउने गरी काम भइरहेको बताउनुभयो ।

विगतमा सरकारको गठन, विघटन, पुस्तक रंगिन बनाउने र कोर्ष परिवर्तनका कारण किताब छाप्न ढिलो भएको भन्दै उहाँले यस वर्ष ढिलो नहुने दावी गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी