काठमाण्डौ ,३० असोज ।
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा मंगलवारदेखि चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिता हुने भएको छ।
आईतवार पत्रकार सम्मेलन गरि आयोजक संघका अध्यक्ष समेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा ८५ खेलाडीको सहभागिता रहने जनाएका छन् ।
सातदोबाटोमा हुने प्रतियोगीतामा बेलायतको ब्रिटिस गोर्खाका १० खेलाडी रहने छन्।
पुरुष सिंगल्समा ३५, महिला सिंगल्समा १८ तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा १६ खेलाडीले भाग लिने छन् । त्यस्तै जुनियर ब्वाइजको यु–१३ र यु–१९ मा समान ८–८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१३ र यु–१९ विधा यसपटकदेखि थपिएका आयोजकले जनाएको छ ।
भेट्रान्समा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ६५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिता विश्व स्क्वास दिवसका दिन शनिबार सम्पन्न हुनेछ।